सिक्लेस -पोखरा सडक खण्ड तिन दिन देखि अवरुद्ध

पाेखरा | असार १२, २०७९

सिक्लेस -पोखरा सडक खण्ड तिन दिन  देखि अवरुद्ध

पोखरा :   पोखरा-सिक्लेस सडक ३ दिनदेखि अवरुद्ध भएको छ । 


लगातारको भारी वर्षाका कारण पोखरा –सिक्लेस सडक खण्डमा ठाउँठाउँमा पहिरो जाँदा ३ दिनदेखि सडक अवरुद्ध भएको हो । गाउँपालिकाका अनुसार विभिन्न वडाका ५ ठाउँमा पहिरो गएकाले तत्काल सडक सञ्जाल सञ्चालनमा आउने सम्भावना कम छ ।

 

मादी गाउँपालिका १ का वडाध्यक्ष देवीजंग गुरुङले पोखरा–सिक्लेसका ठाउँठाउँमा ५ भन्दा बढी ठाउँमा पहिरो गएको जानकारी दिए । उनका अनुसार, मादी वडा नम्बर ७, वडा नम्बर ६ चिप्ली र तप्राङको बीचमा, मादी १ को क्वोंदो खोलाको वारि र पारि दुवै भागमा पहिरोले बाटो पूर्ण रुपमा क्षति पुर्याएको छ । ‘अहिले सिक्लेस आउने पूर्णरुपमा ठप्पै भएको छ । विकल्पमा पारिको ताङतिङको बाटो प्रयोग गरिरहेका छौं । तर, त्यहाँ पनि मादी नदीसम्म हिँडेर आउनुपर्छ,’ वडाध्यक्ष गुरुङले भने, ‘गाउँ आउने अरु सबै बाटा बन्द छन् ।’

 


पहिरोले बाटो बन्द हुँदा अत्यावश्यक काम गर्न पनि समस्या भएको गाउँपालिकाले जनाएको छ । यसबारे गाउँपालिकाले प्रदेश सरकारलाई जानकारी गराइसकेको वडाध्यक्ष गुरुङले सुनाए । ‘प्रदेशमा पनि निवेदन पुगिसकेको छ । काम गरिदिने एकखालको प्रतिवद्धता जनाएको छ । आज हामी जनप्रतिनिधि पनि भेट्दैछौं । गाउँपालिकाले पहिरो हटाउन काम गर भनेको छ,’ उनले भने, ‘तर, अहिले गर्ने भरेभोलि नै पानी पर्दा फेरि पहिरो गइहाल्छ । बनाउँदै, भत्किदै जान्छ । समस्या भइरहेको छ ।’
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्